पाकिस्तानमा भूकम्पबाट एक सयबाट बढी घाइते

बलुचिस्तान, पाकिस्तान, २२ असोज (रासस÷ एएफपी) ः पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा बिहीवार बिहानै गएको भूकम्प परी एक सय भन्दा बढी घाइते भएका पाकिस्तानी सञ्चार माध्यमहरुले शुक्रबार जानकारी दिएका छन् ।

यद्यपी केही समाचार संस्थाले यहाँ कम्तीमा पनि १५० जना घाइते भएका जनाएका छन् । बिहीबार विहानै ५.९ रिक्टर स्केलको भूकम्प गएको र यसमा परी कम्ती २० जनाको मृत्यु भएको हिजो सरकारी अधिकारीहरुले जानकारी दिएका थिए ।

frontline

भूकम्पमा परेका मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् घाइते मध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

घाइते भएकामध्ये कतिपयको अवस्था गम्भीर भएकोले अस्पतालमा उपचार भइरहेको छ ।

बलुचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाहले सो प्रान्तका प्रभावित क्षेत्रमा आपत्कालीन सेवा शुरू गरिएको जनाउनु भएको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here