पाकिस्तानमा बाढीको कहर : ५७ जनाको मृत्यु, हजारौं विस्थापित

२६ असार, काठमाडौं । पाकिस्तान बाढीको चपेटामा परेकाे छ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण हालसम्म ५७ जनाको मृत्यु हाे ।

जसमा अधिकांश बालबालिका र महिला रहेका छन्। गत सातादेखि जारी भारी वर्षाका कारण हजारौं विस्थापित भएका छन् ।

frontline

पाकिस्तानको बलुचिस्तान क्षेत्र बाढीको चपेटामा पर्दा त्यहाँका सयौं नागरिक घरबारबिहीन बनेका छन् ।

भारी वर्षाले पाकिस्तानका ८ वटा ड्याम भत्केका छन् । बलुचिस्तानमा सयौं घर डुबानमा पर्नुका साथै त्यतिकै संख्यामा सवारीसाधन डुबेका छन् ।

बाढीका कारण हवाई सेवा अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन्। बाढीकै कारण पाकिस्तानमा सम्पूर्ण विद्यालय र कलेजहरु केही समयका लागि बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here