पाकिस्तानमा प्राकृतिक प्रकोप, जलवायु परिवर्तनका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने डब्लुएचओको चेतावनी

२३ भदौ, एजेन्सी । विश्व स्वास्थ्य सगठन (डब्लुएचओ)ले पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ ।

डब्लुएचओले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो ।

frontline

पाकिस्तानमा पछिल्लो समय अत्यधिक वर्षापछिका वर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् ।

पाकिस्तानमा केही समय अगाडिको वर्षा र त्यसले पारेको असर विगतको भन्दा भयावह भएको यसले भयावह स्थिति निम्तन सक्ने डब्ल्युएचओको भनाइ छ ।

वर्षा, बाढी, पहिरो र त्यसको असरको मात्रा हेर्दा जलवायु परिवर्तनको प्रभाव प्राकृतिक प्रकोपका रुपमा देखिएको हो ।

गुणस्तरीय आधारभूत सेवा सुविधा नपाउँदा झाडा पखाला, औलो, डंगीलगायतका रोग लाग्ने र त्यसको उपचार नपाएर थप हजारौँ मानिसको मृत्यु हुने खतरा रहेको डब्लुएचओका अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here