पाइलट विजय लामालाई उडानमा रोक

२३ कात्तिक, काठमाडौं । विमान उडाइरहेको समयमा ककपिटबाट नै अन्तर्वार्ता दिएपछि नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामालाई उडान भर्न रोक लगाइएको छ ।

विदेशी भ्लगर साम चुईलाई विमान उडाइरहेको समयमा ककपिटबाटै बरिष्ठ पाइलट लामाले भिडियो अन्तर्वार्ता दिएपछि उनको नाम उडानको रोष्टरबाट हटाइएको हो ।

frontline

बिना अनुमति ककपिटमा चालक दलका सदस्य बाहेक अन्य व्यक्तिको प्रवेश निषेध गरिएको हुन्छ । प्राधिकरणले उडान सुरक्षालाई ध्यानमा राख्दै यस्ता अन्तर्वाता प्रतिबन्ध गरेको छ ।

भिडियो वा तस्वीर खिच्नु परेमा स्पष्ट कारण खुलाएर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमति लिनुपर्ने हुन्छ ।

तर, अभिनेतासमेत रहेका बरिष्ठ पाइलट लामाले बिना अनुमति एभिएसन भ्लगर साम चुईलाई भिडियो अन्तर्वार्ता दिएपछि उनलाई उडानमा रोक लगाइएको हो ।

अब छानविन प्रतिवेदन नआएसम्म उनले उडान भर्न पाउने छैनन् । भ्लगर साम चुईले दुबईबाट काठमाडौं आउने क्रममा विमान चालक लामा र कोपाइलट सञ्जयलगायतसँग कुराकानी गरेका थिए ।

भ्लगर साम चुईले नेपाल एयरलाइन्सको ए ३३० विमानबाट लिएका भिडियो पनि सार्वजनिक गरेका छन् । उनले आफ्नो भ्लगमा पाइलट लामाले काठमाडौंमा विमान अवतरण गरेको भिडियो समेत समावेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here