पाँचौं झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा

फाइल तस्बिर

२० फागुन, झापा । पाँचौं झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । गोल्डकप मुल आयोजक समितिले विहीबार विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

कोरोना महामारीले दुई वर्ष रोकिएको मोफसलको प्रतिष्ठित झापा गोल्डकपको पाँचौं संस्करण फागुन २१ गतेदेखि ३० गतेसम्म हुदैछ ।

frontline

प्रतियोगितामा भारतको दार्जिलिङको एम एफसी र सिक्किमको आरपी एफसीकोसहित साविक त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टर क्लब, संकटा क्बल, झापा–११ फुटबल क्बल, एपिएफ फुटबल क्बल, जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबले प्रतिष्पर्धा गर्नेछन् ।

झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार पाउनेछन् । उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि १० हजार दर्शक अँट्ने बाँसको प्यारापिट निर्माण, मैदान व्यवस्थापन लगायत प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भई सकेको जनाउदै आयोजक समिति अध्यक्ष विनोद बस्नेतले अब दर्शक र खेलाडीको मात्रै प्रतिक्षा रहेको बताए ।

प्रतियोगिता सम्पन्न गर्न एक करोड ४० लाख रूपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद नौ हजार ९९९ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । पाँचौं संस्करणको यो गोल्डकपमा नेपाल आइस बियरले मुख्य प्रायोजन गर्नेछ ।

पाँचौं संस्करणको गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र समापन कांग्रेस नेता कृष्ण सिटौलाले गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here