पाँचथर फिदिमका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन जनप्रतिनिधिको जाेड

२४ जेठ, पाँचथर । पाँचथरकाे फिदिम नगरपालिका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन जनप्रतिनिधिको जाेड दिएका छन् ।

फिदिम नगरपालिकाका जनप्रतिनिधीहरु किसानलाई कृषिमा रोजगारमुखी तथा उत्साहित बनाउनका लागि किसानका खेतबारीमा पुग्ने गरेका हुन् ।

frontline

आगामी आर्थिक वर्ष २०७९/०८० का लागि योजना छनौटको तयारी चलिरहँदा कृषकका आवश्यकता, समस्यालाई मध्यनजर गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरु कृषकको खेतबारीमा पुग्ने गरेका छन् ।

नगरपालिको बजेटबाट किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्य लिएर फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेको टोली किसानको खेतबारी पुग्ने थालेका छ ।

पाँचथर जिल्लाको फिदिम नगरपालिकाले आगामी बजेटमा तरकारी खेतीमा निर्भर किसानको संख्या बढाउने लक्ष्य लिएको छ ।

साे नगरको अधिकांस स्थान तरकारी खेती योग्य जमिन भएकोले पनि तरकारी खेतीबाट आत्मनिर्भर नगरवासी बनाउन सजिलो र प्रभावकारी हुने बुझाइ छ ।

किसानको खेतबारीमा पुगेर उनीहरुको आवश्यकता पहिचान गर्न नगर उपप्रमुख राधाकृष्ण न्यौपाने गाँउघर अभियान थालेको बताउनुभयाे । सब्जी खेतीबाट राम्रो आम्दानी लिन सकिने भन्दै धान उत्पादन जमिन मासेर कृषकहरु तरकारी लगाउन थालेका छन् ।

आधुनिक र बढी उत्पादन गर्न सकिने तरकारी खेतीका लागी आवश्यक पर्ने बिउबिजन, उपकरण र प्राविधिक सहयोग पाए नगरपालिका तरकारीमा आत्मनिर्भर बनाउन सकिने किसानहरुले बताएका छन् ।

नगरपालिकामा कृषकहरु बेमौसमी तरकारी खेती गर्दै आएका छन् । परम्परा शैलीका खेतीलाई विस्थापित गर्दै आधुनिक र अर्गानिक तरकारी उत्पादन गर्न समेत थालेका छन् । गत वर्ष नगरपालिकाले डेर करोड बढी रकम विनियोजन गरेको थियो ।

यस वर्ष दोब्बर रकम विनियोजन गरी रोजगामुखी नगरी किसान बनाउने फिदिम नगरपालिकाले लक्ष्य राखेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here