पाँचखालमा २९ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया

लायन्स क्लब अफ पाँचखाल र पाँचखाल नगरपालिका वडा नं २ र ३ को आयोजनामा निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको छ ।

नगरका वडा नं २ मा २ सय १५ जनाको आँखा जाँच गरिएको तथा ९० जनालाई निःशुल्क चस्मा तथा औषधि वितरण गरिएको तथा वडा नं ३ मा २ सय ५ जनाको आँखा जाँच तथा १ सय ५ जनालाई चस्मा तथा औषधि वितरण गरिएको वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारीले जानकारी दिए । आँखा जाँचबाट छानिएका २९ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया समेत भएको थियो ।

frontline

लायन्स क्लब अफ पाँचखाल र पाँचखाल नगरपालिका वडा नं  ३ को आयोजनामा माघ २९ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए ।

निःशुल्क शल्यक्रियामा पाँचखालका समाजकल्याण युवा क्लब, गौतम मेनपावर, आइएआपिआई, दुग्देश्वर मावि, गोल्मादेवी इट्टाभट्टा, दिपज्योति रिसोर्ट लगायतले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here