पहिलो विश्वयुद्ध ३ लाख २० हजार पञ्जाब सैनिकले लडेको तथ्यांक सार्वजनिक

श्रोत : ईन्टरनेट

२७ कार्तिक, एजेन्सी : करिब ३ लाख २० हजार पञ्जाब सैनिकले पहिलो विश्वयुद्ध लडेको तथ्यांक सार्वजनिक भएको छ । बेलायती इतिहासकारले सो खुलासा गरेका हुन् । सय वर्षभन्दा अगाडिदेखि गुमनाम रहेको सो तथ्यांक बिहीबार इतिहासकारहरुले सार्वजनिक गरेका हुन् । 

बिहीबार युद्धविराम दिवसको अवसरमा पहिलो विश्वयुद्धमा योगदान पुर्‍याउने पञ्जाब (भारतीय) सैनिकहरुको सूचि प्रस्तुत गरिएको थियो । सो सूचि पाकिस्तानको लाहोर म्युजियमले वेबसाइटमा अपलोड गरेको थियो । 

frontline

पहिलो विश्वयुद्धमा योगदान पुर्‍याएका अन्य मुलुकका सैनिकहरुको मोटामोटी तथ्यांक पत्ता लागेको भएपनि सन् १९४७ मा पञ्जाब, पाकिस्तान र भारत अलग्गिदाँ पञ्जाव सैनिकको एकिन तथ्यांक नभेटिएको दी गार्जिएनमा उल्लेख छ । 

लामो समयदेखिको खोजले पहिलो विश्वयुद्धमा योगदान पुर्याउने पञ्जाब सैनिकको तथ्यांक हाल पत्ता लागेको इतिहासकारहरुले गार्जियनसँग बताएका छन् । हिन्दू, मुस्लिम र शिख धर्म मान्ने पञ्जाव सैनिकले सहयोगी सैनिकको रुपमा पहिलो विश्वयुद्ध लडेका थिए । 

सन् १९१९ मा पहिलो विश्वयुद्ध समाप्तिपछि पञ्जाव सरकारले २६ सय पृष्ठ लामो पञ्जाव सैनिकको विवरण राखेको थियो । यद्यपि, सो तथ्यांक हालसम्म सबैको पहुँचमा नभएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here