पहिरोले घाईतेको उपचार गर्न गएका दुई स्वास्थ्यकर्मी बेपत्ता

४ कार्तिक, पाँचथर :  पाँचथरको मिक्लाजुङ गाउँपालिकाको चिसापानी पञ्चमीमा पहिरोले घाईते भएकाको उपचार गर्न गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । इलामको माङसेबुङबाट आएका सुमन राई र ठाकुर प्रसाद याख्खा सम्पर्क विहिन भएका हुन् ।

स्वास्थ्यकर्मी बाटोबाट सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक डम्बर विश्वकर्माले जानकारी दिनु भयाे ।

frontline

चिसापानी बजारमा पहिरो जादा ११ जनाको मृत्यु भएको थियो । आठ जना घाइते भएका छन् । एकजनालाई हेलिकप्टरबाट उद्वार गरीएको बताइएको छ ।

जिल्लामा पहिरोका कारण २७ जनाको मृत्यु भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा क्षतिको यकिन विवरण आउन सकिरहेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here