पहिरोमा परी सदस्य गुमाएका परिवारलाई राहत वितरण

श्रोत : ईन्टरनेट

शनिबार, तनहुँ । ऋषिङ गाउँपालिकामा पहिरोमा परी सदस्य गुमाएका परिवारलाई राहत वितरण गरिएको छ ।

ऋषिङ गाउँपालिका–७ की ५० वर्षीया देवीसरा थापा र ऋषिङ गाउँपालिका–८ का ४२ वर्षीय खुमबहादुर थापाको असार २४ मा आएको पहिरोमा परेर मृत्यु भएको थियो ।

frontline

दुवैको परिवारलाई संघ र प्रदेश सरकारको तर्फबाट शुक्रबार राहत वितरण गरिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारको तर्फबाट २ लाख रुपैयाँ र प्रदेश सरकारको तर्फबाट ५० हजार रुपैयाँका दरले राहत वितरण गरे ।

उनले परिवारको सदस्य गुमाएको पिडा भुलाउन नसकेपनि जनताको साथमा सदैव रहने बताए । उनले बाढी पहिरोमा घर क्षति भएकालाई पुनस्र्थापनामा सघाउन ४ लाख रुपैयाँ उपलब्ध गराउने जनाए ।

मुख्यमन्त्री पोखरेलले ऋषिङ गाउँपालिकामा बाढीपहिरोले पु¥याएको क्षतिको समेत निरिक्षण गरेका छन् । प्रदेश सरकारले ऋषिङमा अबरुद्ध सडक खुलाउन समेत २५ लाख रुपैयाँ दिएको थियो । मृतकका परिवारलाई गाउँपालिकाले पनि ५० हजार रुपैयाँ दिएको थियो ।

शुक्रबार मुख्यमन्त्री पोखरेलले जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको समेत निरिक्षण गरेका थिए ।

कोरोनाको जोखिम बढेको बेला भिडभाड गर्दै कार्यक्रममा सारिक उनले भिमादस्थित जनज्योति क्याम्पसमा वृक्षारोपण गरे ।

ऋषिङ जादै गर्दा पुराना नेता कार्यकर्ताको घरदैलोमा पनि पस्न भ्याएको उनका समर्थकले पोस्टाएको तस्बिरले पुष्टी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here