पहिरोपछि कर्णाली नदी थुनिने खतरा, प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर

सोमबार, धनगढी । बाजुरामा पहिरो गएपछि कर्णाली नदी थुनिने खतरा बढेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आइतबार साँझ जिल्लाको स्वामिकातिक खापर गाउँपालिका–२ को छुदरीस्थित कर्णाली नदीमा माथिबाट सुख्खा पहिरो आएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मदनजीत महराले बताए ।

frontline

‘सुख्खा पहिरो आएका कारण हामीले महाकाली नदी थुनिने आशंकामा आसपासका बासिन्दालाई सर्तकता अपनाउन अपील गरेका छौं,’ डीएसपी महराले भने ।

पहिरो साँझ करीब साढे पाँच बजेको समयमा गएको प्रहरीले जनाएको छ । तर अहिले नदी थुनिएको अवस्था भने छैन ।

पहिरो गएको क्षेत्र नजिकै मानव बस्ती नभए पनि नदी थुनिएपछि क्षति हुनसक्ने भएकाले सर्तकता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here