पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध

२५ साउन, रसुवा । गएराति आएको पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । रसुवाको बेत्रावती कालीकास्थान सडक खण्ड अन्तर्गत पर्ने बनुवामा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको उत्तरगया गाउँपालिका–५ मा रहेकाे बनुवामा पहिरो गएका कारण बिहानैदेखि गाडी सञ्चालन हुन सकेका छैन।

frontline

पहिरोले बेत्रावती-मैलुङ सडक खण्डसमेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा आउन केही दिन लाग्ने प्रहरीले जनाएको छ ।

यो सडक खण्ड भएर सदरमुकाम धुन्चे, रसुवागढी नाका, गोसाइँकुण्ड, लाङटाङलगायतका ठाउँमा पुग्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here