पहिराले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
२७ जेठ, चितवन । पहिराले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा बिहान ८:४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११:१५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ। बुधबार रातिदेखि पहिराका कारण सो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ। सवारीको लामो लाइन भएका कारण सडकखण्ड पार गर्न घण्टौँ समय लाग्छ।
प्रतिक्रिया दिनुहोस्