पहरी नमुना बस्ती हस्तान्तरण बागमती नगर

बागमती नगरपालिकाले लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरेको छ । बागमती नगरपालिकाको रु एक करोड ५३ लाख लागतमा बागमती नगरपालिका– ११ मा १३ घर लोपोन्मुख पहरी जातिको नमुना बस्ती निर्माण गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए।

उनका अनुसार सिन्धुली र मकवानपुरमा अव्यवस्थित रुपमा बसोबास गरिरहेका लोपोन्मुख पहरी जातिलाई नगरपालिकाको सो खर्चमा नमुना पहरी बस्ती निर्माण गरी हस्तान्तरण गरिएको हो । नमुना बस्तीमा खानेपानी, विद्यालय, स्वास्थ्य संस्थाका साथै संविधानले तोकेको न्यूनमत मौलिक र नैसर्गिक अधिकारभित्रका आधारभूत आवश्यकता पूरा गरी नमुनाबस्ती निर्माण गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन्।

frontline

उनका अनुसार लोपोन्मुख सो  जातिको संरक्षणका लागि नगरपालिका गम्भीर भएको र नगरपालिकाको लगानीमा निर्माण गरिएको बस्ती हस्तान्तरण गरिएको हो । बागमती नगरपालिका–४, ११ र १२ मा गरी करिब सात हजार तीन सय घरधुरी भूमिहीन, अव्यवस्थित, दलित तथा भूमिहीन सुकुम्वासीको व्यवस्थापन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोख्रेलले जानकारी दिए। 

भूमिहीन, अव्यवस्थित, दलित तथा भूमिहीन सुकुम्वासीको व्यवस्थापन गरिएको स्थानमा आधारभूत आवश्यकता पूरा गरिएको बागमती नगरपालिका ११ का वडाध्यक्ष प्रदीपकुमार आचार्यले जानकारी दिए। उनका अनुसार नगरका विभिन्न तीन वडामा बसोबास गरिरहेका भूमिहीन, अव्यवस्थित, दलित तथा भूमिहीन सुकुम्वासीको लगत सङ्कलनको काम सकिएको र नापी कार्यालय तथा वन कार्यालयसँग समन्वय गरेर चाँडै उनीहरुलाई लालपुर्जा उपलब्ध गराउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here