पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जीको जित

पश्चिम बंगालमा ममता ‘दिदी’ को किल्ला भत्काउने मोदीको प्रयास असफल

१९ वैशाख, काठमाडौं । भारत पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जीले नन्दीग्रामबाट बिजयी भएकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले भारतीय जनता पार्टीका शुभेन्दु अधिकारीलाई १२ सय मतअन्तरले हराएकी हुन् ।

frontline

साथै उनको पार्टी तृणमूल कांग्रेस (टीएमसी)ले जित उन्मुख देखिएको छ । अहिलेसम्मको मतगणना अनुसार यो पार्टीले चार स्थानमा जीत हासिल गरेको छ भने २०५ स्थानमा अग्रता लिएको भारतीय निर्वाचन आयोगले बताएको छ ।

चुनाबी र्याली सम्बोधन गर्दै ममता बेनेर्जी

यस्तै भारतीय जनता पार्टी (भाजपा)ले ८३ स्थानमा अग्रता लिएको छ । पश्चिम बंगालको २९४ मध्ये दुई सिटको मत गणना रोकिएको छ । बहुमतको लागि १४८ सिट आवश्यक पर्छ ।

त्यस्तै आसाममा भारतीय जनता पार्टीसहितको एनडीए गठबन्धनले एक ठाउँमा जित र ५५ ठाउँमा अग्रता लिएको छ भने भारतीय कांग्रेसको २८ ठाउँमा अग्रता रहेको छ ।

यस्तै तामिलनाडुमा विपक्षी डीएमकेले एक ठाउँमा जित र १२२ ठाउँमा अग्रता लिएको छ । यो राज्‍यको विधानसभामा २३४ छ । यस्तै केरला १४० सिट र पुदुचेरीमा ३० सिटको लागिस मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here