पश्चिमी भेगमा अझै तीन दिन वर्षा हुने

फाइल फोटो

२२ असोज, काठमाडौँ । मध्य पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशभरको मौसममा बदली आएको छ।

लगातारको वर्षा अझै केही दिन जारी रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

frontline

महाखाशाका अनुसार आज देशभर आंशिकदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

हाल प्रदेश १ मधेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ , बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

त्यस्तै भोलि र पर्सि पनि पश्चिमी भेगमा भारी वर्षा र बाँकी भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका साथै कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here