पशुपतिशम्शेर जबरा राप्रपा अध्यक्षमा नउठ्ने

१३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले मंसिर १५ देखि हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने भएका छन् ।

उनले आफूनिकट नेताहरुसँग आफू अध्यक्ष पदमा नउठ्ने बताएका छन् । जबरा निकट एक नेताका अनुसार उनले सोमबार साँझसम्म आफू अध्यक्षमा नउठ्ने औपचारिक घोषणा गर्नेछन् ।

frontline

मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको महाधिवेशनका लागि कमल थापा र राजेन्द्र लिङ्देनले औपचारिक कार्यक्रम मार्फत नै उम्मेदवारी घोषण गरिसकेका छन् । अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि आफूले उम्मेदवारी दिने बताइरहेका छन् ।

तर जबराले भने बुढ्यौली र पार्टीमा सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग गर्ने उद्देश्यले उम्मेदवारी नदिने बताएका उनी निकट नेताले बताए ।

‘४÷४ जना उम्मेदवार भए, अब ८० (वर्ष) तिर टेक्न लागेँ । सर्वसम्मति गरुन् भनेर मार्गप्रशस्त गर्न लागेको हुँ’ जबराको भनाइ उधृत गर्दै ती नेताले अनलाइनखबरसँग भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here