पशुपतिनाथ मन्दिर असोज १ देखि खुल्ने

काठमाडौँ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर असोज १ गतेदेखि खुल्ने भएको छ ।

साढे चार महिनापछि मन्दिर खुल्न लागेको हो । पशुपति क्षेत्र विकास कोषले स्वास्थ्य मापदण्ड पूरा गरी भक्तजनका लागि मन्दिर खोल्ने निर्णय गरेको हो ।

frontline

कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले असोज १ गतेदेखि मन्दिर खोल्न लागेको जानकारी दिए । उनले अन्नपूर्णसँग भने, ‘कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर असोज १ गतेदेखि खोल्ने निर्णय गरेका छौँ ।’ मन्दिरमा हुँदै आएका विशेष पूजा पनि खुल्ला गरिने डा. थापाले जानकारी दिए ।

कोषमा आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रशासन र प्रहरीसँगको समन्वयमा सुरक्षित तरिकाले व्यवस्थित रूपमा भक्तजनलाई मन्दिरमा दर्शन र पूजाआजा गर्ने व्यवस्था कोषले मिलाउने भएको हो ।

विश्वव्यापी कोरोना महामारीका कारण २०७६ चैत्र ११ गतेदेखि सरकारले लकडाउन गरेपछि पशुपतिनाथ मन्दिर पनि बन्द गरिएको थियो । कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले लकडाउनले बन्द भएको मन्दिर नौ महिनापछि २०७७ पुस १ गतेदेखि २०७८ वैशाख १५ गतेसम्म खुलेको जानकारी दिए । पुनः साढे चार महिनापछि पशुपतिनाथ मन्दिर खुल्ला हुन लागेको जानकारी दिँदै उनले भने, ‘भक्तजनले पनि स्वास्थ्य मापदण्ड पालनामा जिम्मेवार हुनुपर्नेछ, तीज र पञ्चमीको समयमा खोल्न पाएनौँ ।’
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here