पर्सागढीमा मानव सेवा केन्द्रको शिलान्यास

वीरगञ्ज । पर्सागढी नगरपालिकामा मानव सेवा केन्द्रको शिलान्यास गरिएको छ । वडा नम्बर ३ मा बुधबार एक समारोहमा नगरप्रमुख गोकर्ण पाठकले केन्द्रको शिलान्यास गरेका हुन् । 

दुई कोठे भवन निर्माणको लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये नगरपालिकाले चालू आर्थिक वर्ष २०७९ र ०८० मा १२ लाख र आमोदेवि मानव सेवा केन्द्रले ५ लाख रुपैँया बजेट विनियोजन गरिएको जनाइएको छ ।

frontline

केन्द्र निर्माणको लागि २०७७ मा लगाएको  महायज्ञबाट १९ लाख रुपैयाँ बचत भएको थियो । केन्द्रले उपभोग गर्नेगरी १५ कठ्ठा १६ धुर जमिन छुट्याएर राखेको छ । जसमा पालिकाले गत बर्ष १० लाख रुपैयाँ खर्च गरेर तारजाली लगाएर घेरिदिइसकेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here