पर्साको ठोरी आसपासमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

फाइल तस्बिर

५ साउन, पर्सा । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ ।

भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

frontline

सतर्कतका मध्यान्ह १२ बजेसम्म अपनाउन पर्ने महाशाखाले जनाएको छ । ‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो एक घण्टा अतिभारी बर्षा मापन भएको छ ।

सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढी आउनुको साथै पर्सा जिल्लामा डुवान भईरहने होचा स्थानमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाऔं,’ महाशाखाले आज विज्ञप्ति मार्फत भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here