पर्साको अमरपटी नाकाबाट दैनिक करोडौको राजस्व छलि, स्थानीय प्रहरी रकममा लिप्त

मेवालाल यादव

पर्सा, २ असोज । नेपालमा सबै भन्दा बढी राजस्व उठने नाकाको रुपमा मानिएको वीरगंजबाट दैनिक राजस्वमा कमी आउनु पनि प्रहरीकै कारण रहेको बारे उजागर भएको छ ।

frontline

पर्सा जिल्लाको अमरपटी नाकाबाट दैनिक करोडौ बराबरको लताकपडा अवैध तरिकाले नेपाल भित्रिएपनि स्थानीय प्रहरी प्रशासन मात्र रकममा लिप्त रहेका हुन ।

बिगत एक महिना अगाडी प्रहरी चौकी अमरपटीको कमाण्ड सम्भालेका प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंहले तस्करीको लाइन नै सुचारु गरेको पाइन्छ ।

पर्सा जिल्लाको कारागारमा दरबन्दी रहेको प्रहरी सहायक निरीक्षक केही महिना अघि प्रहरी चौकी मिलनचौकमा कार्यरत रहेका थिए । प्रहरी सहायक निरीक्षक सिंह मिलनचौकमा हुदा काठ तस्कर संग समन्वय गरी काठ तस्करीबाट रकम उठाउन पल्केका थिए ।

प्रहरी सहायक निरीक्षक युवा भएकै कारण जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीका प्रमुखले उनलाई तानेर क्राइम टोली शाखामै राखेका थिए ।

तर क्राइम टोली बिभाजन हुने संघारमा पुगेपछि प्रहरी चौकी अमरपटीको जिम्मा सिंहलाई दिइयो । यता प्रहरी चौकी अमरपटीको कमाण्ड सम्भालेको एक महिना नबितिदै आफु क्राइम टोलीबाट आएको भन्दै उक्त नाकाबाट ठूला वडा तस्करीको लाइन सुचारु गरेको छर्लङ भएको छ ।

भाद्र २१ गते जिल्लाका नामुद तस्कर रामेश्वर भनिनेलाई प्रहरी चौकीमा बोलाई मासिक ४ लाख रुपैया बुझे पश्चात कपडा तस्करको लाइन सुचारु भएको प्रहरी श्रोतले जनाएको छ ।

जिल्लाकै सबै भन्दा ठुलो तस्करको रुपमा चिनिने रामेश्वरले स्थानीय प्रहरी प्रशासनलाई मोटो रकम बुझाए पश्चात टेम्पुको माध्यमले कपडा भित्रयाउने गरेको र जगरनाथपुर चौक नजिकै ट्रकमा लोड गर्ने गरेको श्रोतको दावी रहेको छ ।

उहाले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा प्रहरी चौकी अमरपटीका प्रमुख प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंहले एक जना पत्रकारको इशारामा लाइन सुचारु गरेको बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले अमरपटी नाकामा व्यापक कडाई गर्न निर्देशन दिएपनि प्रहरी सहायक निरीक्षक सिंह साझको समयमा मदिरामा धुत हुने गरेको र मालसमान कटाउन निर्देशन समेत दिने गरेको बताए ।

त्यति मात्र नभई टेम्पूमा मालसमान कटाउनु अघि आफै स्कटीङमा समेत हिडने गरेको, उनले बताए । प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंहको वीरगंज कारागारमा दरबन्दि रहेपनि क्राइमको नामले प्रहरी चौकी अमरपटीको कमाण्डर बन्न सफल भएका छन ।

क्राइमको नाम भजाउदै कर्मचारीदेखी स्थानीयलाई समेत पिडा दिदै आएको श्रोतको दावी रहेको छ । यस बिषयमा समयमै सम्बन्धीत निकायले ध्यान नपुरयाए अगामी दिनमा प्रहरी संगठन माथि सर्वसधारण विश्वास उठने संकेत देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here