पर्यटन मन्त्री अरगरियाद्वारा राम मन्दिरको शिलान्याश

श्रोत : ईन्टरनेट

काठमाण्डु ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले राम मन्दिरको शिलान्याश गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरियाले आइतबार बिहान पशुपति परिसरभित्रै रहेको राम मन्दिरको धार्मिक विधिअनुसार शिलान्याश गरेका हुन् ।

frontline

७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण सुरु भएको हो ।

शिलन्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए ।

उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिए ।

मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने जानकारी दिँदै मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने बताए ।

साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here