पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु

दाङ । अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका– १७ का ३० वर्षीया मनिसा चौधरीको तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

frontline

उहाँका अनुसार चौधरी सहित उनका नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन् ।

घाइते दुवैको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

साथै मृतक शिशुको शवलाई परीक्षका लागि प्रतिष्ठानमा राखिएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

poster-here