परोहा नगरपालिकामा पालिका हुलाक सेवा कार्यालयको स्थापना
मेवालाल यादव
भाद्र -५ , रौतहट
रौतहट । जिल्लाको परोहा नगरपालिका–४ मा बुधबार पालिका हुलाक सेवा कार्यालयको स्थापना गरिएको छ । नेपाल सरकारको एक पालिका एक हुलाक कार्यालय स्थापना गरिने नीतिअन्तर्गत परोहा नगरपालिकामा हुलाक सेवा कार्यालयको उद्घाटन गरिएको हो ।
जिल्ला हुलाक कार्यालय रौतहटले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख शेख वकिल , उपप्रमुख सुगान्धी गीरी देवीले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेका हुन् । जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख शेख वकिलले जनतालाइ छिटो छरितो सेवा प्रवाह गर्नका लागि नेपाल सरकारले सबै पालिकामा हुलाक सेवा कार्यालय स्थापना गरेकोले सेवाको उपयोग गर्न स्थानीयलाई आग्रह गरे ।
चिठी पत्र आदानप्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हुलाक कार्यालय सरकारले सेवा विस्तार गरी सहज रूपमा कार्य सम्पादन गर्नका लागि पालिकास्तरमा कार्यालय खोल्न लागिएको हुँदा सबैले सेवा लिन अपिल गरे । रौतहटको ७ पालिकामा हुलाक सेवा कार्यालय स्थापना गर्नुपर्नेमा पाचौं पालिकाको रूपमा परोहा नगरपालिकामा कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख देवनाथ यादवले जानकारी दिएका छन् ।
पहिलो गुजारा नगरपालिका दोस्रो राजदेवी नगरपालिका लगायत आज पाँचौको रुपमा परोहा नगरपालिकामा पालिका हुलाक सेवा कार्यालय स्थापना गरिएको छ । कार्यालय उद्घाटन कार्यक्रममा नगर प्रमुख शेख वकिल, उपप्रमुख सुगान्धी गीरी प्रमुख प्रशासकीय अधिकृत मोह्मद महफुज अहम्द , वडा अध्यक्ष जवाहरलाल यादव सहित स्थानीयको सहभागिता रहेको थियो
प्रतिक्रिया दिनुहोस्