परिचयपत्र वितरण कार्यक्रम- कमलामाई -मञ्जु देवकोटा

अाज कमलामाई नगरपालिकाकाे अायाेजनामा कनपा १० डाँडाटाेलमा अपाङ्ग परिचयपत्र वितरण समन्वय समितिका संयाेजक एवम् कनपाका नगर उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षता एवम् वडा अध्यक्ष श्री रामहरी ढुङ्गेलकाे विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे । अपाङ्ग परिचयपत्र वितरण समन्वय समितिका पदाधिकारीहरुको सहजीकरणमा उक्त परिचयपत्र वितरण कार्यक्रम संचालन भएको थियोे । जसमा पुर्ण अशक्त क वर्ग ५ जना, अति अशक्त ख वर्ग ७ जना, मध्यम अशक्त ग वर्ग ७ जना, सामान्य अपाङ्गगता घ वर्ग २ जना गरि कुल जम्मा २१ जनालाइ घर दैलाे सेवा उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन कमलामाई

poster-here