परराष्ट्र मन्त्रालयद्वारा अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह

सोमबार, अफगानिस्तानमा । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

उनीहरूको उद्धारका लागि सम्पर्कमा आउन मन्त्रालयले आइतबार आग्रह गरेको हो।

frontline

भाइबर र ह्वाट्सएपमार्फत समेत सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

जसका लागि ९७४९३२६४५८ कन्सुलर सेवा विभाग र ९७४९३२६४५९ परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तर्राष्ट्रिय संघ-संस्थामा कार्यरत नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन पहल गरिरहेको मन्त्रालयले जनाएको छ।

उद्धार तथा सुरक्षित स्थानमा राख्नका लागि सरकारले मित्र राष्ट्रहरू, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघका कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ।

सरकारले नेपालीहरूको उद्धारका लागि उच्चस्तरीय कार्यदल गठन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here