परराष्ट्रमन्त्री डा.राणा र जाइकाका अध्यक्षबिच भेटवार्ता

 समाचार सारांश

  • परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोबीच भेटवार्ता भयो।
  • भेटमा नेपाल-जापान सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भयो, जसमा जाइकाको सहयोगबारे चर्चा भयो।
  • मन्त्री राणाले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा जाइकाको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेकी थिइन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोबिच भेटवार्ता भएको छ । टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ । 

भेटका क्रममा मन्त्री डा.राणाले नेपालको आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिइन् ।

frontline

उनले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन् ।

मन्त्री डा.राणाले पछिल्लो समयमा नागढुङ्गा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुनःनिर्माण एवं मर्मतसम्भारलगायत नेपालका कैयौँ क्षेत्रहरूमा जाइकामार्फत जापान सरकारले पुर्याउँदै आएको सहयोगको प्रशंसा  गरेका थिइन् ।

भेटमा उनीहरूबिच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद् व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकसम्बन्धी विषयमा पनि  कुराकानी डा राणको सचिवालयले जनाएको छ । 
 

#डा‍.आरजु राणा देउवा #आरजु राणा #जाइका

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here