परराष्ट्रमन्त्री खड्का साउन २४ गते चीन भ्रमणमा जाने

२१ साउन, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का साउन २४ गते चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ समकक्षीको निमन्त्रणमा खड्का तीन दिन चीन भ्रमण जाने र त्यहाँ उच्च राजनीतिक भेटघाट गर्नेछन्।

चीन र नेपालका परराष्ट्रमन्त्रीबीच साउन २५ गते दुई देशको सम्बन्धका विषयमा भेटवार्ता हुनेछ। मन्त्री खड्काको भ्रमणका बारेमा एजेन्डा तयार भइनसकेको भन्दै प्रवक्ता लम्सालले भ्रमणका क्रममा नेपाल र चीन सम्बन्धका यावत् पक्षका विषयमा स्वाभाविक रूपमा छलफल हुने जानकारी दिइन्।

frontline

‘भ्रमणका अन्य विषयका बारेमा भने सबै मन्त्रालयसँग छलफल गरेपछि मात्र एजेन्डाका विषयमा छलफल हुन्छ। नेपाल र चीनसँग जोडिएका विषयमा स्वाभाविक रूपमा छलफल हुन्छ।’

भ्रमणका एजेन्डा तत्कालै सार्वजनिक गर्दा परिपक्व नहुने तर्क गरेकी प्रवक्ता लम्सालले परराष्ट्रले मन्त्री खड्कालाई गत मार्चमै चीन भ्रमणको निम्तो आइसकेको बताएकी छन्।

यद्यपि, चीन र अमेरिकाबीच ताइवान मामिलालाई लिएर तनाव उत्पन्न भइरहेको बेला हुन लागेको मन्त्री खड्काको भ्रमणलाई भने अर्थपूर्ण रूपमा हेरिएको छ। यता नेपालमा बिहीबारमात्र संसदीय निर्वाचनको मिति घोषणा गरिएको छ। 

मन्त्री खड्काको चीन भ्रमणको कुरा बेइजिङले पनि शुक्रबारै पुष्टि गरेको छ। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन् यिङले मन्त्री खड्काको चीनको भ्रमणको  विषयमा स्पष्ट पारेकी हुन्। 

पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले नेपाल र चीन असल छिमेकी तथा साझेदार भएको बताउँदै दुई देशका विदेशमन्त्रीहरूले एक वर्षभन्दा कम अवधिमा भ्रमण आदानप्रदान  गरेका छन्, जसले चीन र नेपालबीचको आपसी विश्वास र मित्रतालाई झल्काउने बताइन्। 

चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपाल र दक्षिण कोरियाली विदेशमन्त्रीलाई एकैसाथ सानतोङ प्रान्तको छिङ्ताओमा स्वागत गर्नेछन्।

विश्वचर्चित छिङ्ताओ बियर महोत्सवको ३२ औं संस्करण समापन भएको भोलिपल्ट उक्त कार्यक्रम राखिएको छ। मन्त्री खड्काको पनि यो पहिलो चीन भ्रमण हो।

चिनियाँ विदेशमन्त्री याङ यीले परराष्ट्रमन्त्री खड्काको स्वागतमा रात्रिभोजको समेत आयोजना गर्ने तय भएको मन्त्रालयले जानकारी दिएको छ।। खड्का साउन २६ गते नेपाल फर्किनेछन्।

अमेरिकी सभामुखको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न भएको परिस्थितिलाई नेपालले नजिकबाट हेरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल सधैं ‘एक चीन नीति’को पक्षमा रहेको बताइन्।

पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले ताइवानको पछिल्लो घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको छ भन्दै, ‘दुवै देशले एकअर्कोको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको समर्थन गर्दै आएको छ।जानकारी गराउन चाहन्छौं।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here