परम्परागत खेतीलाई प्रोत्साहन गर्न कृषकलाई कनकाई नगरको सहयोग

फ्रन्टलाइन, कनकाई । कनकाई नगरपालिकाले कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि उल्लेखनिय काम गरिरहेको छ । हालै नगरपालिकाले नगरका कृषकहरुलाई परम्परागत कृषि खेती प्रणाली प्रोत्साहन गर्ने अभिप्रायले प्रजापती सामुदायिक वन उपभोक्ता समुहमार्फत निर्मित हलो निशुल्क वितरण गरेको छ । ३० घरपरिवारका कृषकहरुलाई निशुल्क हलो वितरण गरिएको हो ।
हलो प्रदान गर्दै कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेलले हलो र गोरुको प्रयोगले अत्यधिक मुल्यवृद्धि भइरहेको इनधनको खपत कम हुने र सबैतिर यस्तो सत्प्रयास हुन सके देशकै व्यापार घाटा कम गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो समय इनधनमा भएको चरम मुल्यवृद्धिका कारण परम्परागत प्रणालीमा खेती गर्ने क्रम बिस्तारै बढ्न थालेको छ । जसले पुर्खाले शुरु गरेको प्रचलनको जगेर्ना समेत भएको छ ।
हलो वितरण कार्यक्रममा प्रजापती सामुदायिक वन उपभोक्ता समुहका सल्लाहकार ताराकुमार खनाल, प्रजापति युवा क्लवका अध्यक्ष किरण सुवेदी, कृषक भवानीप्रसाद ढकाल लगायातले हलो प्रदानले कृषकमा उत्प्रेरणा मिलेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जान सुझाव दिनुभयो ।
कनकाई नगरपालिका नगरबासीको आवश्यकता र नगरको समृद्धिलाई केन्द्रमा राखेर विकास यात्रामा लम्किरहेको एउटा नगरपालिका हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here