पपुवान्युगिनीमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
२६ भदौ, काठमाडौं । पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवान्युगिनीमा आइतबार बिहान ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।
भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणले जनाए अनुसार पुर्वी क्षेत्र केन्द्रबिन्दु भइ गएको भुकम्पका कारण केन्द्र बिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने छ ।
भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा रहेको छ । भूकम्पले ठूलो क्षति पुर्याएको अनुमान गरिएको भएपनि के–कति मानवीय तथा अन्य क्षति भयो भन्नेबारे आधिकारी जानकारी नआएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्