पथलैया–निजगढ सडकमा स्कोरपियोको ठक्करबाट एक जनाको मृत्यु, दुईजना घाइते

२१ पुस, सिमरा ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिला घाइते भएका छन् । 

निजगढबाट पथलैयातर्फ आउँदै गरेको ग २ च ४४१३ नम्बरको स्कोरपियोले सोही दिशाबाट गुडिरहेको मोटरसाइकल र साइकललाई पछाडिबाट ठक्कर दिँदा जीतपुरसिमरा १६ टांगियाबस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो । 

frontline

दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ । माझी सवार मोटरसाइकललाई ठक्कर दिएपछि स्कोरपियोले महिला चढेको साइकललाई पनि ठक्कर दिएको थियो । 

उनीहरु टांगियाबस्तीबाट तरकारी बेच्नका लागि पिलुवातर्फ आउँदै थिए । मोटरसाइकल र साइकलमा तरकारी राखेर निस्किएका उनीहरुलाई तीव्र गतिमा रहेको स्कोरपियोले ठक्कर दिएको थियो । 

उक्त दुर्घटनाका घाइतेलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्धार गरेका थिए । सिमराबाट जनकपुरतर्फ जाने क्रममा घटनास्थल पुगेका प्रमुख र उपप्रमुखले आफू सवार गाडीमा घाइतेको उद्धार गरिएको थियो । 

सिमरामा भएको दुर्घटनामा एकको मृत्यु

जीतपुरसिमरा २ स्थित जगदम्बा स्टिल्स् अगाडि बुधबार राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन् । 

वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ४२३७ नम्बरको लहरी ट्रकले विपरित दिशाबाट आइरहेको  ना २०प ७१६४ मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो । 

घटनामा गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । उनको शव वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here