पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको तयारी

गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको अवरोध नहटे पत्रकार सम्मेलनबाट आफ्नो कुरा राख्ने तयारी गरेका छन् ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- गृहमन्त्री रमेश लेखकले भिटिज भिसा प्रकरणमा आरोपको स्पष्टिकरणका लागि पत्रकार सम्मेलनको तयारी गरेका छन्।
- उनी निकट स्रोतले बताए, संसद् बैठकमार्फत् आफ्नो कुरा राख्ने तयारी छ, विपक्षीहरूले अवरोध गरेपछि।
- गृहमन्त्रीले संसद् अवरोध हटाएर बोल्ने योजना बनाएका छन्, नभए भने पत्रकार सम्मेलनमार्फत् आफ्नो कुरा व्यक्त गर्नेछन्।
१४ जेठ, काठमाडौं । भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनको तयारी गरेका छन् ।
उनी निकट स्रोतका अनुसार प्रतिनिधिसभाको अवरोध नहटे पत्रकार सम्मेलनबाट आफ्नो कुरा राख्ने तयारी छ । तर विपक्षीहरुको अवरोध हटे संसद् बैठक मार्फत् आफ्नो कुरा राख्ने गृहमन्त्रीको तयारी छ ।
गृहमन्त्री लेखकले संसद्मा बोल्न समय लिएका छन् । तर विपक्षीहरुले पदबाट राजीनामा मागेर संसद् अवरोध गरिरहेका छन् । ‘सकेसम्म संसद् अवरोध हटाएर त्यही सम्बोधन गर्ने तयारी छ’ गृहमन्त्री निकट स्रोतले भन्यो, ‘अवरोध नहटे पत्रकार सम्मेलन हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्