पत्रकार सम्मेलनमा पेय पदार्थको बोतल हटाए जरिवाना

श्रोत:ईन्टरनेट

काठमाडौँ – यूईएफएले नयाँ नियम लागू गरेको छ । खेल हुनुभन्दा अघिको पूर्वसन्ध्यामा गरिने पत्रकार सम्मेलनमा प्रायोजकले राखेको पेयपदार्थको बोतल हटाए जरिवाना हुने नयाँ नियम लागू गरेको हो ।

यूईएफएले युरोकप फुटबलअन्तर्गत पत्रकार सम्मेलनको क्रममा स्पोन्सरले राखेको पेय पदार्थको बोतल हटाउनेलाई जरिवाना गरिने जनाएको छ । बोतल नहटाउन यूईएफएले टिम र खेलाडीलाई आग्रहसमेत गरेको छ ।

frontline

यूईएफएले स्पोन्सरको बोतल हटाएमा खेलाडी र टिमलाई जरिवाना तिराउने चेतावनी दिएको हो ।

पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले गएको सोमबार कोकाकोलाको बोतल हटाएर पानी पिउन आग्रह गरेका थिए ।

उनले ‘वाटर नट अ कोकाकोला’ भन्दै पत्रकार सम्मेलनमा राखिएको बोतल हटाएका थिए ।

रोनाल्डोको उक्त क्रियाकलाप निकै चर्चामा रह्यो । त्यसको चर्चा सेलाउन नपाउँदै फ्रान्सका पाउल पोग्बाले हेनेकेन बियरको बोतल त्यसैगरी हटाएका थिए ।

उनकै सिको गर्दै इटालीका म्यानुएल लोकाटेलीले समेत कोकाकोला हटाएर पानी राखेका थिए ।

पछिल्लोपटक कार्बोनेटेड’ पेयपदार्थलाई खेलाडीहरुले निषेध’ गर्ने प्रचलन बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here