पत्रकार सम्मेलनमा गहभरि आँसु लिएर उपस्थित भए मेस्सी
आइतबार, काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी बार्सिलोना छाड्नुअघि पत्रकार सम्मेलनमा गहभरि आँसु लिएर उपस्थित भएका छन् । हलमा उपस्थित हुँदा नै उनका आँखा रसाएका थिए ।
२१ वर्ष बार्सिलोनामा बिताएका उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको बताए ।
‘म र मेरो परिवार यहीं बस्न तयार भएका थियौं’ उनले भनेका छन् ।
मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति पनि भएको थियो ।
तर आर्थिक अवस्था र ला लिगको नियमका कारण हस्ताक्षर हुन नसकेको बार्सिलोनाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्