पत्रकार मेवालाल यादव र चन्दन महतो भारतमा सामानित
सत्येन्द्र प्रताप सिंह ।
बैशाली , बिहार
पत्रकारले समाजमा घटेका घटनाको सत्यतथ्य जनतासामु ल्याउनुपर्छ तब मात्र आफ्नो विश्वसनीयता कायम रहन्छ । विश्वसनीयता पत्रकारिताको मूल धर्म हो ।आरोही टेलिभिजनका अध्यक्ष मेवालाल यादवले यस्तो बताएका हुन् ।
SAARC JOURNALIST FORUM (INTERNATIONAL) CONFERENCE-2025 ON INTERNATIONAL AWARD CEREMONY वैशाली , बिहारको कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारले दायित्व निर्वाह गर्दै आम जनताको आवाज उठाउनुपर्ने बताए । यादवले नेपाल-भारतकाे सम्बन्ध वैदिक कालदेखि नै प्रगाढ रहेकाे र कहिलेकाहिँ सामान्य असमझदारी बढ्दा आपसी वार्ताबाट समस्याकाे समाधान खाेजिँदै आएकाे र भारत-नेपालबीच सकारात्मक सहकार्य रहेकाे बताए ।
SAARC JOURNALIST FORUM (INTERNATIONAL) CONFERENCE-2025 ON INTERNATIONAL AWARD कार्यक्रमका प्रमुख अतिथि मॉरीशसको पूर्व उप प्रधानमंत्री श्री हरेष बुद्धूकी श्रीमती अंतर्राष्ट्रीय संस्कृति संवाहिका डा.सरिता बुधुले आरोही टेलिभिजनका संचालक मेवालाल कुमार यादव र सी एच खबरका अध्यक्ष चन्दन कुमार महतोलाई सार्क जर्नलिस्ट फोरम २०२५ का इन्टरनेसनल सम्मेलनमा प्रमाणपत्र र शिल्डबाट समानित गर्दै सञ्चारमाध्यम लोकतन्त्रको चौथो खम्बा भएकाेले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकि थिइन ।
सार्क जर्नलिस्ट फोरम नेपालका प्रतिनिधि दिपेन्द्र प्रजापतिले सो साभका प्रमुख , बिशिस्ट अतिथि , अतिथिलाई धन्यवाद गर्दै अहिले सामाजिक मूल्य मान्यतामा तीव्र गिरावट आएको र पत्रकारिता पनि त्यसबाट अछुतो नरहेको बताए । ‘तैपनि आफ्नो जिम्मेवारी निर्वाह गर्दा गरिब र विपन्नको आवाजलाई जनतासामु ल्याउनुपर्छ’, उनले भने ।
सार्क जर्नलिस्ट फोरमका बिहार अध्यक्ष डा .शशी भुसन कुमारले स्वागत अध्यक्ष , उद्घाटन कर्ता पुर्व न्यायाधीश , उच्च न्यायालय पटना न्यामुर्ती श्री राजेन्द्र प्रसाद , डा. अनिल सुलभ कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय समारोह कार्यक्रममा देश बिदेशबाट आउनु भएको सम्मानित अतिथिलाई वैशालीको विभिन्न ऎतिहासिक , धार्मिक एवं सास्कृतीक स्थलमा अवलोकन तथा परिभ्रमण गराउनु भएको हो।
कार्यक्रमकाे ओरगनाइजर अम्रपाली संस्कृति काला तथा सार्क जर्नलिस्ट फोरमको सन्युक्तमा , बिहार अध्यक्ष सषीभुषण कुमारले वैशाली एवं बज्जिकांचल संस्कृति / भाषा अन्तर्गत भारत, नेपाल , मारिशस, भुटान , बङालादेश , मालदिप , श्रीलंका लगायत विभिन्न देश बिदेशका आगन्तुकहरुप्रति कृतज्ञता व्यक्त गरे । उक्त अवसरमा शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्नेहरुलाई प्रमाणपत्र र शिल्ड प्रदान गरी सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्