पत्रकार महासङ्घ कास्की शाखामा तालाबन्दी

श्रोत : ईन्टरनेट

आईतबार, कास्की । नेपाल पत्रकार महासङ्घ कास्की शाखामा तालाबन्दी गरिएको छ । क्रियाशील पत्रकार रञ्जन अधिकारीमाथि समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा नेपाल पत्रकार महासङ्घ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै शनिबार प्रेस चौतारीले तालाबन्दी गरेको छ ।

खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष एवम् पत्रकार महासङ्घ कास्कीका साधारण सदस्य समेत रहेका अधिकारीले लेखेको समाचारको विषयलाई लिएर तीन दिनदेखि बारम्बार धम्की आएको थियो ।

frontline

पत्रकार अधिकारीलाई नवलपरासी घर भई पोखरा–११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले तीन दिनदेखि फोन, फेसबुक म्यासेन्जर र एसएमएस मार्फत धम्की दिँदा समेत महासङ्घले बेवास्ता गरेको भन्दै चौतारीका कास्की शाखा अध्यक्ष अर्जुन गिरीसहितको टोलीले तालाबन्दी गरेको हो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की देखाउने कार्य भएकोमा प्रेस चौतारी कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको र यसमा पत्रकारहरूको सङ्गठनले केही नबोलेको भन्दै तालाबन्दी गरिएको प्रेस चौतारीले जनाएको छ ।

चौतारीले गालीगलौज र धाकधम्की दिन कार्यमा संलग्न व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग गरिएका सफल सुवेदीलाई कारबाहीको दायरामा नल्याउँदासम्म तालाबन्दी नखोल्ने जनाएको छ ।

यसैबीच, पत्रकार अधिकारी प्रति भएको दुर्व्यवहारको चौतर्फी विरोध भएको छ । नेपाल पत्रकार महासङ्घ कास्की, प्रेस चौतारी नेपाल कास्की, अनलाइन पत्रकार सङ्घ गण्डकी र प्रेस युनियन कास्कीले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै उनी माथि भएको दुर्व्यवहारको भर्त्सना गरेका छन् ।

गण्डक न्युजका सम्पादक समेत रहेका अधिकारीले केही दिन अघि पोखरा काँहुँस्थित रहेको एक सामुदायिक विद्यालयमा पुस्तक खरिद विक्रीमा अनियमितता भएको समाचार प्रकाशित गरेका थिए।

सोही समाचारको विषयलाई लिएर पत्रकार अधिकारी माथि फोन र सामाजिक सञ्जालबाट धम्क्याउने काम भएको भन्दै सञ्चार संस्थाहरूले विरोध प्रकट गरेका हुन् । 

पत्रकार महासङ्घ कास्कीकी अध्यक्ष विमला भण्डारीले महासङ्घले पत्रकारको अभिभावकत्व ग्रहण गर्दै आएको र अहिले पनि गरिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here