पढेलेखेका युवालाई कृषि उद्यममा जोड्ने शीतगंगा नगर

अर्घाखाँचीको शीतगंगा नगरपालिका क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो नगरपालिका हो। लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाको दक्षिणी भूभागमा अवस्थित यो नगरपालिका ६१०.४३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। 

कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ८६ करोड ८६ लाख ९० हजार रुपैयाँको  नीति तथा कार्यक्रम र बजेट ल्याएका छौं।  नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकलाई सम्मान स्वरूप २५ हजार रुपैयाँ दिने कार्यलाई निरन्तरता दिएका छौं । 

frontline

नगरभित्र कृषि तथा पशु विकासका माध्यमबाट स्थानीयलाई रोजगारी सिर्जना र आयआर्जन बढाउन नगरप्रमुख कृषि विकास कार्यक्रम सञ्चालन गरिनेछ। शीतगंगा कृषि र पशुपालनका लागि सम्भावना राम्रो भएको नगर हो। पढेलेखेका युवालाई कृषि उद्यममा जोड्ने हाम्रो लक्ष्य छ। 

संघीय सरकारको कानुन र विधि अनुरूप  रहेर गाजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ।  गाजा खेतीका लागि उपयुक्त वातावरण रहेको हाम्रो ठहर छ। स्थानीय रूपमा उत्पादन हुने मदिरालाई ब्रान्डिङ गरिने छ। 

जंगलमा पाइने मौवाको फूलबाट बनाइने रक्सी, स्थानीय रैथाने बाली र फलफूलबाट बनाइने रक्सीको ब्रान्डिङ गरिनेछ। पालिकामा आउने पर्यटकलाई स्थानीय उत्पादन र अर्गानिक उत्पादन खुवाउने रणनीतिअनुसार पालिकाले काम सञ्चालन गर्ने छ। स्थानीय रूपमा पाइने थाकलको पातबाट टोपी, झोला तथा अन्य वस्तु उत्पादन गरिनेछ। 

प्रत्येक पालिकामा कृषिजन्य वस्तु उत्पादन र बजारीकरणका लागि नयाँ योजना सञ्चालन गरिनेछ। प्रत्येक वडामा कृषि संकलन केन्द्र निर्माण गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषि र पशुपालनमा लाग्न र स्वरोजगार बन्न पालिकाले विशेष सहयोग गर्नेछ। (ग) वर्गका अपांगलाई भत्तास्वरूप मासिक एक हजार रुपैयाँ उपलब्ध गराउँदै आएका छां। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here