पठाओ राइडर अपहरण गर्ने दुई जना पक्राउ

९ माघ, काठमाडौं । कोटेश्वरबाट गएराति एक जना पठाओ राइडर अपहरित भएका छन् । पठाओ राइडरलाई शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले धापाखेल पु¥याइ अपहरण लुटपाट गरेका हुन् ।

धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र राइडरको मोटरसाइकल पनि लिएर दुई व्यक्ति फरार भएका थिए ।

frontline

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार रातिबाट थालिएको अनुसन्धानका क्रममा पठाओ बुक लगेर लैजाने २१ वर्षीय सुमन तामाङ र धापाखेलमा बन्धक बनाउन सहयोग गर्ने उनका साथी मिनराज राईलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान दुई जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको थियो ।

चोरी भएको बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल र सँगै चोरी भएको मोबाइल पनि उनीहरुको साथबाट बरामद भएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here