पटकपटक बिजुली गएपछि प्राधिकरणका निर्देशकले गरे निरीक्षण
News Summary
Generated by OK AI. Editorially reviewed.
- विद्युत प्राधिकरणले प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण बारम्बार विद्युत अवरुद्ध भएको जनाएको छ।
- नेपाल र भारतबीचको ४०० केभी ढल्केबर मुजफरपुर लाइनमा समस्या आएपछि विद्युत आपूर्ति प्रभावित भएको हो।
- प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समस्या समाधानका लागि निर्देशन दिएका छन् र लोडसेडिङ नहुने बताएका छन्।
१ वैशाख, काठमाडौं । विद्युत वितरण प्रसारणमा समस्या देखिएपछि विद्युत प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग स्विचाटारको निरीक्षण गरेका छन् ।
प्रणालीमा समस्या देखिएपछि कार्यकारी निर्देशक शाक्यले आकस्मिक अवलोकन गरेका हुन् ।
विभागमा प्रत्यक्ष रूपमा बसेर उनले ढल्केबर गृड महाशाखाका प्रमुख विनोद लोहनीलाई निर्देशन दिई समस्या समाधानका लागि अग्रसरता लिएका छन् ।
भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर मुजफरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा पटकपटक विद्युत अवरुद्ध भइरहेको छ ।
‘विशुद्ध प्राविधिक समस्याको कारण विद्युत प्रसारण पटकपटक अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । ‘यो विशुद्ध प्राविधिक समस्या हो । त्यसैले यसलाई लोडसेडिङ जोड्ने गलत छ ।’
आजै तीनपटकसम्म प्रसारण अवरुद्ध भएको छ । पहिलोपटक साँझ साढे ६ बजेतिर अवरुद्ध भएको बिजुली करिब एक घण्टापछि आएको थियो ।
करिब ८ बजे पुनः आएको बिजुली १५ मिनेटपछि पुनः अवरुद्ध भएको छ । यसबाट काठमाडौंसहित देशको अधिकांशको जनजीवन प्रभावित बनेको छ ।






प्रतिक्रिया दिनुहोस्