पञ्जाबमा केजरीवालको प्रतिवद्धता, आम आदमीले जिते स्वास्थ्य सेवा निःशुल्क

लुधियाना, १५ असोज (रासस÷एएनआई) ः भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले पञ्जाब प्रदेशमा आफ्नो पार्टीले जिते स्वास्थ्य सेवा निःशुल्क गर्ने घोषणा गर्नुभएको छ ।

दिल्लीका मुख्यमन्त्री समेतरहनु भएका केजरीवालले पञ्जालमा पनि आफ्नो पार्टीको सरकार बनाउनेगरी आफ्ना उम्मेदवारहरूलाई जिताउन आग्रह गर्नुभएको छ ।

frontline

पञ्जाबमा हुन लागेको विधान सभाको निर्वाचनका लागि लुधियानामा बिहीबार भएको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “हाम्रो पार्टीलाई जिताउनुस् यस प्रदेशमा बस्ने सबै बासिन्दालाई स्वास्थ्य सेवा निःशुल्क गर्नेछौँ ।”

पञ्जाबमा स्वास्थ्य सेवा राम्रो नभएको टिप्पणी गर्दै उहाँले त्यसको सुधार आम आद्मी पार्टीको सरकारले गर्ने दावीसमेत गर्नुभयो । सरकारी स्वास्थ्य संस्थाहरूमा सेवा राम्रो नहुँदा नीजि स्वास्थ्य संस्थाहरूले आम नागरिकलाई नराम्रोसँग ठगेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री केजरीवालले भन्नुभयो, “सात बर्ष अगाडि दिल्लीमा पनि यस्तै नराम्रो अवस्था थियो, तर अहिले हाम्रो सरकार आएपछि सरकारी स्वास्थ्य सेवामा धेरै सुधार भएको छ ।” “

म प्रतिवद्धता गर्दछु की पञ्जाबमा पनि हाम्रो सरकार बनाउने अवसर पाएमा त्यस्तै बनाउने छौँ,” उहाँले भन्नुभयो ।

उहाँले पञ्जाबका जनतालाई स्वास्थ्य परीक्षण, औषधी, उपचार, शल्यक्रिया लगायत छ प्रकारका सेवा निशुल्क गराउने दावी गर्नुभएको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here