न्यूयोर्कमा प्रहरीमाथि खुकुरी प्रहार, तीन प्रहरी घाइते

१७ पुष, काठमाडौं । अमेरिकाको न्यूयोर्क सहरमा प्रहरीमाथि खुकुरी प्रहार भएको छ । नयाँ वर्षको समयमा न्यूयोर्क सहरको टाइम्स स्क्वायरमा प्रहरीमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट तीन जना प्रहरी घाइते भएका छन् । नयाँ वर्ष मनाइरहेका बेला स्थानीय समयअनुसार राति १० बजे प्रहरीमाथि खुकुरी प्रहार भएको स्काई न्युजले उल्लेख गरेको छ ।

frontline

प्रहरी अधिकारी किचन्ट सेवेलले जनाएअनुसार १९ वर्षीय व्यक्तिले प्रहरीमाथि हमला गरेका हुन् । ती व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन । घाइते प्रहरीको टाउकोमा चोट लागेको बताइएको छ । यद्यपि उनीहरुको अवस्था सामान्य रहेको छ ।

घटनापछि सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली प्रहार गरेका थिए । पछि उनलाई पक्राउ गरिएको थियो । आक्रमणको उद्देश्यबारे स्पष्ट भइसकेको छैन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here