न्युजील्यान्डमा नयाँ पुस्ताका मानिसलाई चुरोट बेच्न प्रतिबन्ध
२४ मंसिर, न्युजील्यान्ड। न्युजील्यान्डले नयाँ पुस्ताका मानिसलाई चुरोट बेच्न प्रतिबन्ध लगाउने भएको छ । देशमा धूम्रपान पूरै हटाउने पहलअन्तर्गत यो कदम चाल्न लागिएको हो ।
सन् २००८ पछि जन्मेका कसैलाई पनि चुरोट वा सूर्तिजन्य पदार्थ बेच्न बन्देज लगाइनेछ । सन् २०२२ मा यससम्बन्धी कानून लागू गरिने अपेक्षा छ ।
‘युवाहरूले धूम्रपान शुरू नै नगरून् भनी हामी सुनिश्चित गराउन चाहन्छौं,’ स्वास्थ्यमन्त्री डा आयेशा भेरालले बताइन् ।
न्युजील्यान्डको स्वास्थ्य मन्त्रालयले यसबारेमा बिहीवार घोषणा गरेको हो ।
चिकित्सक तथा देशका अन्य स्वास्थ्यविद्हरूले सुधारको यस प्रयासलाई स्वागत गरेका छन् । सूर्तीजन्य पदार्थमा पहुँच घटाउने र चुरोटमा निकोटिनको मात्रा नियन्त्रण गर्ने सरकारको प्रयास हो ।
‘यसले मानिसहरूलाई धूम्रपान त्याग्न वा कम हानिकारक उप्तपादनतर्फ लाग्न सहयोग गर्नेछ अनि युवाहरूलाई निकोटिनको लत लाग्नबाट जोगाउनेछ,’ ओटागो विश्वविद्यालयकी प्राध्यापक ज्यानेट हूकले बताइन् ।
तर यसरी चुरोटमाथि प्रतिबन्ध लगाउँदा कालोबजारीलाई प्रोत्साहन पुग्ने आशंका कतिपयले गरेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्