न्युजिल्यान्डमा फाइजरको खोप लगाएपछि एक व्यक्तिको मृत्यु
६ पौष, काठमाडौं । न्युजिल्यान्डमा कोभिडविरुद्ध फाइजरको खोप लगाएपछि एक व्यक्तिको मृत्यु भएको छ ।
खोपपछि उनलाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ ।
२६ वर्षीय रोयी जेम्स नरिनको मृत्यु भएको हो । पहिलो डोज लगाएको दुई साता नबित्दै उनको मृत्यु भएको हो ।
उनलाई खोपपछि हृदयघात भएको प्रारम्भिक परीक्षणमा देखिएकाे जनाइएको छ। खोपकै कारण उनको मृत्यु भएको न्युजिल्यान्डको खोप अनुगमन बोर्डले जनाएको छ ।
खोप लगाएपछि उनी त्रसित देखिएका थिए । यसअघि अगस्टमा पनि फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्