न्युजिल्यान्डमा नेपाली विद्यार्थीलाई कोकिन तस्करीमा साढे ५ वर्ष जेल सजाय सुनाइयो

न्युजिल्यान्डमा एक नेपाली विद्यार्थीलाई कोकिन तस्करी मुद्दामा अदालतले जेल सजाय तोकेको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार विद्यार्थी भिसामा न्युजिल्यान्ड पुगेका नेपाली विद्यार्थी २७ वर्षीय अनुराग मास्केलाई त्यहाँको पुनरावेदन अदालतले ५ वर्ष ७ महिना जेल सजाय कायम गरेको हो।

frontline

कोकिन आयातसम्बन्धी मुद्दामा मास्केलाई गत वर्षको मार्चमा अकल्यान्ड जिल्ला अदालतले ६ वर्ष ४ महिनाको जेल सजाय सुनाएको थियो। यसविरुद्ध उनले पुनरावेदन दिएका थिए। यसपछि पुनरावेदन अदालतले सजाय घटाएर ५ वर्ष ७ महिना कायम गरेको हो।

सजाय भुक्तानपछि उनलाई न्युजिल्यान्डबाट नेपाल फर्काइने बताइएको छ।

मास्के मे २०१८ मा १९ वर्षको उमेरमा विद्यार्थीका रूपमा न्युजिल्यान्ड पुगेका थिए। उनले त्यहाँ सूचना प्रविधिमा डिप्लोमा पूरा गरेका थिए। तर रोजगारी खोज्ने क्रममा उनले पढाइअनुसारको काम नपाएपछि सामान्य मजदुरीका काम गर्थे। 

यसबिच उनी गम्भीर आर्थिक समस्यामा परे। यही क्रममा लागुऔषध ओसारपसारमा संलग्न भएका थिए। २०२२ जनवरी देखि जुलाईको बिचमा मास्केले १.५७६ किलोग्राम कोकिन आयात/तस्करी गर्न मद्दत गरेका थिए। मुख्यतया उनले बेलायत र नेपालका एक आपूर्तिकर्तामार्फत आएका कोकिन भरिएका ६ वटा पार्सल लिएका थिए।स्केले सामान काट्ने मेसिनसम्म प्रयोग गरेका थिए।

अप्रिल २०२२ मा उनका मुख्य योजनाकारले न्युजिल्यान्ड छाडेपछि मास्के मुख्य आयोजकको भूमिकामा पुगेका थिए।

प्रहरीले मास्केको घरमा छापा मार्दा जिपलोक ब्यागमा राखिएको २१९ ग्राम कोकिन, सेतो धुलोको अवशेष रहेका अन्य झोला र इलेक्ट्रोनिक तराजु बरामद गरेको थियो। साथै उनको फोनबाट नेपालमा रहेका सप्लायरसँग लागुऔषध आयातबारे भएका कुराकानी, पार्सल र सामानका तस्बिर, शुद्धता जाँच्ने किट र ट्र्याकिङ नम्बरजस्ता प्रमाण फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here