न्युजिल्याण्डमा चक्रवातका कारण ८ जनाको मृत्यु, ३,५०० बढी बेपत्ता

५ फागुन, वेलिङ्गटन ।  न्युजिल्यान्डको उत्तरी टापुमा यस साता आएको चक्रवात ‘ग्याब्रिएल’का कारण आएको बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ ।  चक्रवात र यसका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा तीन हजार ५०० भन्दा बढी बेपत्ता भएका छन्।

सन् २०११ को फेब्रुअरीमा क्राइस्टचर्चमा गएको भूकम्पपछि न्युजिल्यान्डमा अहिलेसम्म नदेखिएको उक्त प्रतिकूल प्राकृतिक घटनाका कारण करिब १० हजार मानिस विस्थापित भएको अधिकारीहरुले बताएका छन्। 

frontline

प्रधानमन्त्री क्रिस हिपकिन्सले शुक्रबार भने, ‘यो हाम्रो देशमा यो शताब्दीमा देखिएको सबैभन्दा ठूलो प्राकृतिक प्रकोप हो। आँधीका कारण धेरै नागरिकले ज्यान गुमाएको हुन सक्ने बताइएको छ।’ 

प्रहरीका अनुसार दुई वर्षीया बालिका बिहीबार बाढीमा फसेको अनुमान गरिएको छ। अकल्याण्डको मुरीवाईमा बिहीबार गएको पहिरोमा परेर एक स्वयंसेवक अग्निनियन्त्रकको शव पनि फेला परेको थियो। 

न्युजिल्यान्डका अन्य भागबाट ७० जनाभन्दा बढी कर्मचारीलाई हक्स बे र तायराविटीमा पुनः खटाइएको प्रहरीले जनाएको छ। ‘दूरसञ्चार सेवा हरू अनलाइनमा आउन थालेपछि हराएका व्यक्तिहरू, फेला परेका व्यक्तिहरू, सम्पत्तिको क्षति, खाद्यान्न, पानी र इन्धन जस्ता आधारभूत स्रोतहरूको मागको सङ्ख्यामा वृद्धि हुने प्रहरीको अनुमान छ,’ प्रहरीले जनाएको छ।

न्युजिल्यान्डले सोमबार देशको इतिहासमा तेस्रो पटक आपतकालीन अवस्थाको घोषणा गरेको छ। उत्तरी टापुमा व्यापक रूपमा विद्युत कटौती, उडान रद्द र विद्यालयहरू बन्द गरिएका छन्।

अकल्याण्ड र आसपासको क्षेत्र वाइकाटोमा भारी वर्षा र बाढीका कारण डुबानमा परेको दुई सातापछि मात्र यो घटना भएको हो। दुई साताअघि देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा भएको यस विपत्तिमा परी चार जनाको मृत्यु भएको थियो।  रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here