न्युजिल्याण्डका उपप्रधानमन्त्री लुक्ला पुग्दै

न्युजिल्याण्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स औपचारिक भ्रमणको क्रममा आज काठमाडौं आइपुग्ने कार्यक्रम छ । श्रीलंकाबाट मध्यान्ह आइपुगेपछि उच्चस्तरीय भ्रमणमा व्यस्त हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ । अपरान्ह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता, साँझ परराष्ट्रमन्त्री डा.आरजू राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका छ । आजै उहाँको सम्मानमा मन्त्री राणाले रात्रिभोजको आयोजना गर्नुहुने छ । 

frontline

भोलि बिहान लुक्लामा आयोजना गरिने सगरमाथा दिवस कार्यक्रममा सहागी हुने, दिउँसो काठमाडौं, ललितपुर र भक्तपुर दरबार स्क्वायरको भ्रमण गर्ने र साँझ नयाँ दिल्ली फर्कने कार्यक्रम बनाइएको छ ।

सन् १९५३ मे २९ तारिखका दिन सगरमाथाको सफल आरोहण भएकाले सोही दिनको सम्झनामा सगरमाथा दिवस मनाउने गरिएको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here