न्याय परिषद् नियमावली संशोधन खारेज गर्न र घिमिरेको अवहेलना मुद्दा छिटो टुङ्गाउन बारको आग्रह

काठमाडौँ । नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली संशोधन खारेज गर्न  र गोपालकृष्ण घिमिरेको अवहेलना मुद्दा छिटो टुङ्गाउन आग्रह गरेको छ । 

नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष तथा पूर्व महासचिवहरु सम्मिलित मंगलबारको बैठकले उक्त आग्रह गरेको हो ।

frontline

न्याय परिषद्को संशोधित नियमावलीको तत्काल खारेजी, नेपाल बार एशोसिएशनकाका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेको अदालतको अवहेलना मुद्दाको शीघ्र सुनुवाइ गरी समस्या समाधान गर्न आग्रह गरेको छ । 

बैठकले नेपाल बार एशोसिएशनको काठमाडौंमा सम्पन्न १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनद्वारा पारित ‘काठमाडौं घोषणापत्र’ ले न्याय परिषद् (पहिलो संशोधन) नियमावली, २०८० को नियम ११ मा गरेको संशोधन खारेज हुनुपर्ने निर्णय यथावत रहेकोले यस सम्बन्धमा बारको अडानप्रति बैठकद्वारा ऐक्यबद्धता जाहेर गर्ने निर्णय गरेको छ । 

वर्तमान कार्यसमितिले वैशाख ६ गतेदेखि कार्यभार ग्रहण गरे पश्चात् वैशाख ७ गते प्रधानन्यायाधीशसँग भेट गरेर उक्त विषयमा जानकारी समेत गराएको थियो ।  

#नेपाल बार एशोसियसन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here