न्यायाधीश नियुक्तिको सूचीमा परेको ९६ जनाविरुद्ध उजुरी आह्वान
२२ भदौ, काठमाडौं । न्याय परिषद्ले न्यायाधीश नियुक्तिको सूचीमा परेको ९६ जनाविरुद्ध उजुरी आह्वान गरेकाे छ।
बुधबार सार्वजनिक सूचना निकालेर न्याय परिषद् सचिवालायले न्यायाधीश नियुक्तिको प्रयोजनका लागि संक्षिप्त सूचीमा परेका ९६ जनाविरुद्ध सात दिनभित्र उजुरी दिन आह्वाह गरेको हो।
जसमा मुख्य न्यायाधीश पदका लागि १५ जनाको नाम छ भने उच्च अदालको न्यायाधीश पदका लागि ८१ जनाको नाम छ।
उजुरी न्याय परिषद्को सचिवालय वा सचिवालयको इमेल मा पठाउन सकिने सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्