न्यायाधीशमा सिफारिस पाण्डेय र निरौलाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध १० दिनभित्र उजुरी दिन संसदीय सुनुवाइ समितिले आग्रह गरेको छ । 

समितिको सचिवालयले आज एक सूचना जारी गर्दै उनीहरुविरुद्ध उजुरी आह्वान गरेको हो । यसअघिसोमबार बसेको संसदीय सुनुवाइ समितिले उनीहरूविरुद्ध उजुरी आह्वान गर्ने सचिवालयलाई निर्देशन दिएको थियो । 

frontline

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतमा नियुक्तिका लागि न्याय परिषद्को बैठकले सिफारिस गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here