न्यायलयभित्रको विवादका बारेमा सरकारले बोल्नुपर्छ : अर्जुननरसिंह केसी

२८ कार्तिक, काठमाडौंनेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायलयभित्रको विवादका बारेमा सरकारले बोल्नुपर्ने माग गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै केही हप्तादेखि न्यायलय ठप्प रहेको छ। न्यायाधीश र वकिलहरुले इजलास बहिष्कार गरिरहेका छन्। तर, राजनीतिक दलले यस विषयमा केही बोलेका छैनन्।

frontline

यसबिच  नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले आज आयोजना गरेको कार्यक्रममा केसीले आफ्नो दलको नेतृत्वमा रहेको सरकारले न्यायलयको विषयमा बोल्नुपर्ने बताएका हुन्।

‘सत्य र न्यायका पक्षमा लड्ने वकिलबिच एकापसमा झगडा हुनु दुःखद् हो। सरकार न्यायलयभित्रको झगडामा बोल्नुपर्छ’, उनले भने।

साथै उनले विवाद अन्त्यका लागि आयोग गठन गर्नुपर्ने माग समेत गरेका छन्। उनले न्यायलयको विवाद अन्त्यका लागि सरकारले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here